मोरङको उर्लाबारीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।
कात्तिक २६ गते लक्ष्मीपुजाको दिन भएको आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको हो ।
शनिबार उर्लाबारी ७ का ६८ वर्षीय रुकुमबहादुर कार्कीको काठमाडौँको कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
उर्लाबारी–७ इटहरा रोडमा स्थानीय दिपक कार्कीको सुन पसलमा अचानक भएको आगलागी निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।
आगलागी घटनाका २१ जना घाइतेको अहिले पनि कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ ।
आगलागी परी उर्लाबारी–७ का ४२ वर्षीय कुमार तामाङ, सोही ठाउँका ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको मृत्यु भइसकेको छ ।